काठमाडौं, वैशाख ३१ – रियलमीले नयाँ मोवाइल ‘रियलमी सी ११ २०२१’ नेपालमा सार्वजनिक रियलमीले नयाँ मोवाइल ‘रियलमी सी ११ २०२१’ नेपालमा सार्वजनिक गरेको छ ।विश्वमा आक्रामक रुपले आफ्नो बजार विस्तार गरिरहेको स्मार्टफोन ब्राण्ड रियलमीको सी सिरिजले नेपालमा राम्रो बजार लिने अपेक्षा गरिएको छ । यो फोन युवा पुस्ताले रुचाएको फोनमा पर्छ ।
‘रियलमी सी ११ २०२१’ अन्य रियलमी सी सिरिजका इन्ट्रीलेभलको फोन जस्तै बलियो छ, यसका अलावा यो टिकाउ ब्याट्री, सशक्त प्रदर्शनी, ठूलो डिस्प्ले र समग्र रुपमा युवा तथा अधिकांश उपभोक्तालाई मध्यनजर गरी डिजाइन गरिएको छ ।
५००० एमएएच ब्याट्री
‘रियलमी सी ११ २०२१’ विशाल ५००० एमएएच ब्याट्रीका साथ बजारमा आएको छ । दिनभर अत्यधिक उपयोग गर्दा समेत लामो समयसम्म व्याट्री टिक्ने कम्पनीको दाबी छ । रियलमीको प्रयोगशालामा परीक्षणका क्रममा देखिएको तथ्यांकअनुसार यसको ब्याट्री निरन्तर युट्युब चलाउँदा १७ घण्टासम्म, निरन्तर फोनमा कुरा गर्दा ३७ घण्टासम्म र निरन्तर संगीत सुन्दा १०८ घण्टासम्म टिक्दछ ।यसैगरी स्टान्डबाइ रुपमा राखिमात्र राख्ने हो भने यसको ब्याट्री ४३ दिनसम्म टिकाउ रहेको देखिएको छ ।
यसैगरी मोबाइलमा पावर सेभिङ मोड पनि छ जसले सामान्य तया प्रयोग भइरहने मुख्य ६ वटा एप चलाउँदासमेत अधिकतम ब्याट्री बचत गर्दछ ।
FACEBOOK COMMENTS