काठमाडौं, जेठ १२ – एनसेलले थप सेवा सुविधा सहित नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ। अब एनसेल प्रयोगकर्ताहरुले अब वेबसाइटबाटै भ्वाइस तथा डेटा प्याक खरिद, अनलाइन रिचार्जलगायतका सेवा लिन सक्ने भएका छन्। नयाँ वेबसाइटलाई वेबएपको रुपमा स्मार्टफोनमा राखी उपलब्ध विविध सुविधाहरुको फाइदा लिन सकिने एनसेलले जनाएको छ।
ग्राहक सेवालाई अझै परिस्कृत गर्दै लैजाने उद्देश्य अनुरुप सञ्चालनमा ल्याइएको वेबसाइट एनसेलको डिजिटल अभियान अन्तर्गतको कार्य भएको बताइएको छ।यसै अभियान अन्तर्गत एनसेलले विविध सेवा सुविधासहितको सेल्फ केयर एप एनसेल एपको नयाँ संस्करण सञ्चालन यसअघि नै ल्याइसकेको छ।
नयाँ वेबसाइटबाट प्याक खरिद गर्ने प्रयोगकर्ताका लागि प्याकको खरिदमा १०० प्रतिशतसम्म थप भोल्युमसहितका आकर्षक अफरहरु दिने एनसेलले जनाएको छ। कोरोना महामारीकाबीच एनसेल प्रयोगकर्ताहरुले घरबाटै आवश्यकता अनुसारको सेवाहरु वेबसाइटमार्फत खरिद गर्न सक्ने बताइएको छ।विशेष अफरअन्तर्गत उपभोक्ताहरुले वेबसाइटबाट प्याकको खरिदमा एक सय ५० एमबीदेखि दुई जीबीसम्म बोनस डेटा पाउने छन्।
एनसेलले एक दिनको प्याक (१८ रुपैयाँ), सात दिनको प्याक (९८ रुपैयाँ), १४ दिनको प्याक (एक सय ३९ रुपैयाँ) र ट्रिपल मजा अन्तर्गत सात दिनको प्याक (एक सय ९ रुपैयाँ), १० दिनको प्याक (एक सय ४७ रुपैयाँ) र ३० दिनको प्याक (चार सय ५९ रुपैयाँ) मा थप ०.५ जीबीदेखि ०.७५ जीबीसम्म बोनस डेटा दिने जनाएको छ।
त्यसैगरी, प्रयोगकर्ताहरुले केही प्याकमा डबल डेटा पाउने र अलवेज अन डेटा प्याक खरिद गर्दा तीन गुणा बढी ‘डे डेटा’ पाउने जनाएको छ।
कोरोना संक्रमणको जोखिमका कारण घरमै बस्नुपर्ने परिस्थितिमा आफ्ना परिवार, साथीभाइ, आफन्त र प्रियजनहरुसँग सम्पर्कमा रहिरहन सञ्चार सेवामाथिको पहुँच निकै आवश्यक हुने भएकाले एनसेलले नयाँ वेबसाइटमा रहेका सुविधा र अफरहरुले ठूलो महत्व राख्ने विश्वास लिएको छ। एनसेलले छिट्टै नेपाली संस्करणको नयाँ वेबसाइट सार्वजनिक गर्ने तयारी गरेको छ।
FACEBOOK COMMENTS