तुलसीपुर -तुलसीपुर उद्योग वाणिज्य संघको २५ औं साधारणसभा उद्योगी व्यवसायीहरुले आफुलाई प्रोत्साहन हुने खाले नितिहरु ल्याउनुपर्ने बताएका छन् ।
ठृुला तथा साना उद्योगहरु स्थापनका लागि स्थानीय निकायहरुले मुख्य भुमिका खेल्नुपर्ने ब्यवसायीले बताएका हुन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले आर्थिक विकाशका लागि व्यवसायीक क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन ।
ढकालले निजि क्षेत्रको सहकाय विना देशले समृद्धी हासील गर्न नसक्ने बताए ।उनले निजिको सहकार्यमा देशका विभिन्न स्थानमा विभिन्न काम गरेको बताएका छन ।
उनले निजी क्षेत्रमा लगानीले मात्र यो देशको विकाश सम्भवछ, अव स्थानीय सरकारले पनि निजी लगानिलाई प्रोत्साहन गर्नुपर्ने
भन्दै स्थानीय स्रोत सधानलाई प्रयोग गर्नुपर्ने बताएका छन ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दाङ जिल्ला उद्योगका लागि उरर्भर भुमि भएको भन्दै स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताएका छन ।
त्यसैगरी उपाध्यक्ष किशोरकुमार प्रधानले समृद्धीका लागि निजि लगानि आवश्यक पर्ने बताए।
त्यसैगरी कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ प्रदेश नंं ५ का अध्यक्ष गुणनिति तिवारीले व्यवसायीहरुको लगानि सुरक्षीत हुने खाले निति स्थानीयसरकारले लिनुपर्ने बताएका छन ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनस्याम पाण्डेले दाङ जिल्ला वृहत भुमि र सवै क्षेत्रले उपयूक्त जिल्ला भएको भन्दै व्यवसायीक सुरक्षा र व्यवसायीक लगानि भित्याउन स्थानीय निकायले सहयोग गर्ने बताएका छन ।
FACEBOOK COMMENTS