काठमाण्डौँ — सरकारले आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० का दरले घटाएको छ ।
साविक १०४ रुपैयाँ ५० पैसामा बिक्री हुँदै आएको आन्तरिकतर्फको हवाई इन्धन मूल्य ९४ रुपैयाँ ५० पैसा कामय गरिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।
घटेको मूल्य गएरातीदेखि लागू भएको निगमले जनाएको छ ।
निगमले यसअघि विभिन्न चरणमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएपनि हवाई इन्धनको मूल्यभने समायोजन गरेको थिएन ।
— कारोबार
FACEBOOK COMMENTS