नेपाल चेम्वर अफ कमर्सको बिधान बमोजिम चेम्वरकोे कार्य समिति सदस्य पदमा ३ वर्षे कार्यकालका लागि रुपक राजवंशी मनोनित गरिएको छ ।
नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मनोनयन पत्र प्रदान गर्दै ै राजवंशी सिद्धार्थ वनस्थली इन्स्टिच्युटका प्रिन्सिपल हुनुका साथै शैक्षिक क्षेत्रमा लामो अनुभव हाशिल गरेका ब्यतित्व रहेको बताए ।
अध्यक्ष मल्लले चेम्वरको सामाजिक तथा व्यवसायीक भूमिका अभिवृद्धि गर्न राजबंशीले उल्लेखनीय भूमिका निर्वाह गर्नु हुने अपेक्षा राख्दै मनोनित हुनु भएका राजवंशींको कार्यकालको सफलताको कामना समेत गरे ।
राजवंशीले आफ्नो भनाई राख्दै नेपाल चेम्वर जस्तो व्यवसायीहरुको अग्रणी संस्थाको सदस्य पदमा मनोनित हुन पाएकोमा गौरवान्वित महशुस भएको बताउंदै चेम्वरको सामाजिक कार्यमा अग्रसर भइ कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । सो अवसरमा चेम्वरका वरिष्ठ उपाध्यक्ष श्री कमलेश अग्रवालको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS