काठमाण्डौँ — संखुवासभामा निर्माणधीन बहुप्रतिक्षित अरुण तेस्रो जनविद्युत् परियोजनाको काम हालसम्म १५ प्रतिशत सम्पन्न भएको जनाइएको छ ।
अरुण तेस्रो निर्माणको जिम्मा पाएको सतलज कम्पनीले तुम्लिङटारमा पत्रकार सम्मेलन गरी आयोजनाको ड्याम्साइड, पावरहाउस क्षेत्र र सडक निर्माणको १५ प्रतिशत काम सम्पन्न गरिएको जानकारी दियो ।
कम्पनीका सीईओ सतिसकुमार शर्माले नौ सय मेघावाटको अरुण तेस्रो आयोजनाको काम तीव्र गतिमा भइरहेको जानकारी दिए ।
बाँध निर्माणस्थलको मुख्य सुरुङ अन्तर्गतको प्रवेश सुरुङ निर्माणको काम तीन सय ५२ मिटर सम्पन्न भएको उनको भनाइ छ ।
चार सय केभी प्रसारण लाइनको काम चाँडै सञ्चालनमा ल्याउने अयोजनाले जनाएको छ ।
सात जिल्ला हुँदै उत्पादित विद्युत् ढल्केबरसम्म आयोजनाले लैजाने जानकारी गराइएको छ ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS