काठमाडौैं– कम्पुटर एसोसिएसन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०१९ तयारी पुरा भएको जनाएको छ ।
काठमाण्डौको भृकुटीमण्डपमा माघ १५ देखी ६ दिनसम्म चल्ने इन्फोटेकमा नयाँ नयाँ प्रविधिको अवलोकन गर्न पाइने आयोजकले जनाएको छ ।
‘सुविसु क्यान इन्फोटेक २०१९ एसोसिएसन विथ ई सेवा’ नाम दिइएको मेलामा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने जनाइएको छ ।
क्यानले पत्रकार सम्मेलन गर्दै ‘मेलालाई व्यवसायीहरुले व्यापार विस्तारका साथै नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोको रुपमा उपायोग गर्ने र सूचना प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । इन्फोटेकमा शिक्षा, स्वास्थ्य, कृषी र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिलाई समेत समावेश गरिएको’ जनाएको छ ।
त्यस्तै नयाँ सफ्टवयेर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि पनि प्रदर्शनमा राखिने जनाइएको छ । मेलामा नेपालीले निमार्ण गरेका दैनिक जीवनमा प्रयोग हुने रोबोट पनि प्रदर्शन गरिने बताइएको छ ।
महासंघका अध्यक्ष हेमन्त चौरासियाले क्यान इन्फोटेक मेलाले समृद्धीको आधार डिजीटल नेपाल निमार्णमा सहयोग पुग्ने बताएका छन् ।
कुल १७५ स्टल रहने मेलामा हार्डवयेर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, माबाईल एसेसोरिज डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलीकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवयेर सोलुसन्स, मेमेन्ट सोलुसन्सलगाएतका स्टल रहनेछन् ।
मेला अवलोकनको लागि सर्वसाधरणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । माघ १७ गते विजनेस डेका दिन भने सबैले १०० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने छ । मेलाको अनलाइन टिकट खरिदमा १० प्रतिशत छुट रहने महासंघले जनाएको छ । अनलाईन टिकट ईसेवा मार्फत खरिद गर्न सकिने छ ।
मेला अवलोकन कर्ताले विभिन्न बम्पर पुरस्कार पाउने महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS