काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने चेतावनी नेकपा एमालेले दिएको छ ।
आज बसेको पार्टी स्थायी कमिटीको बैठकले हठात् संसद अधिवेशन अन्त्य गरेर सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको आशंका गर्दै त्यस्तो अध्यादेश ल्याइए विरोध गर्ने निर्णय गरेको हो ।
सरकारले हिजो सोमबार संसदको चालू दुईवटै अधिवेशन अन्त्य गरेको थियो । त्यसलगत्तै अहिले प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । उक्त बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन सक्ने अनुमान एमालेको छ ।
एमालेभित्र लामो समयदेखि जारी आन्तरिक द्वन्द्वका कारण पार्टी विभाजनको डिलमा पुगेको छ । तर, कानूनी र वैधानिकका कारण पार्टी विभाजनबाट जोगिदै आएको छ । यद्यपि, पार्टीभित्रका असन्तुष्ट समूह माधव कुमार नेपाल र झलनाथ खनाल (नेपाल–खनाल) समूहले पार्टीभित्रै समानान्तर गतिविधिलाई तीव्रता दिँदै आएको छ ।
FACEBOOK COMMENTS