काठमाडौं, २० भदौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी दीक्षान्त समारोहका लागि अनलाइन फारम संकलन सोमबार (भोली) देखि सुरु गर्दै छ । २०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तमसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुलाई दीक्षित गर्न अनलाइन आवेदन भर्न सकिने छ ।
यो अवधिमा ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुको संख्या करिब ३० हजार रहेको बताइएको छ । अनलाइन फारम भरेकाहरुका लागि आगामी पुसभित्रै दीक्षान्त समारोह आयोजना गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी रहेको छ ।
FACEBOOK COMMENTS