काठमाडौं । भदौ २७, चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले बडा दशैं २०७८ लाई लक्षित गर्दै ‘बडा दशैंको लहर, ओप्पोको अफर’ नामक योजना सार्वजनिक गरेको छ । यसअन्तर्गत उपभोक्ताले अभियान अवधिभर ओप्पोका उत्पादन खरिद गरी विभिन्न आकर्षक उपहार जित्ने सक्नेछन् ।
‘ग्लोबल कम्पनीका रुपमा ओप्पोले आफ्नो सेवालाई सँधै स्थानीयकरण गर्दै आएको छ । नेपाल हाम्रा लागि विशेष प्राथमिकतामा परेको बजार हो,’ ओप्पो नेपालका ब्राण्ड डिरेक्टर पियरसन शेनले भने । नेपालकाे संस्कृति, परम्परा र विविधतालाई ध्यानमा राख्दै महान चाड बडा दशैंको अवसरमा यो योजना ल्याएकाे उनले बताए ।
यो योजना आइतबार अर्थात सेप्टेम्बर १२ बाट सुरु भएको छ भने अक्टोबर १८ सम्म चल्नेछ । यो अवधिभर कुनैपनि ओप्पोका उत्पादन खरिद गरी अभियानमा सहभागी हुन सकिने छ ।सहभागिताका लागि उपभोक्ताले https://opponepalcampaigns.com/ मार्फत लगइन वा क्यूआर कोड स्क्यान गरी क्याम्पेन पेजमा पुगेर त्यहाँ मागिएका जानकारीहरू उपलब्ध गराउनुपर्ने हुन्छ ।
यसरी सहभागीमध्येबाट हरेक हप्ता लक्की ड्र मार्फत छनोटमा परेका भाग्यशाली विजेताले ओप्पो एफ१९ प्रो, ओप्पो एफ१९, ओप्पो ब्याण्ड, ओप्पो डब्ल्यू ५१, ओपो डब्ल्यू ११ लगायतका आकर्षक उपहार जित्न सक्नेछन् ।विजेताको घोषणा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार क्याम्पेन अवधिभर लक्की ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतः अर्को लक्की ड्रमा सहभागिता हुने सक्नेछन् । तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्की ड्रसम्म जीत हात पार्ने अवसर प्राप्त गर्नेछन् ।
FACEBOOK COMMENTS