काठमाडाैँ – राष्ट्रिय उपभोक्ता मञ्च नेपालको १६ औँ केन्द्रिय अधिवेशनबाट अध्यक्षमा प्रेमलाल महर्जन सर्वसम्मत चयन भएकाे छ ।
अधिवेशनबाट मञ्चमा ८ सदस्यिय केन्द्रिय समिति सहित केन्द्रिय पदाधिकारीहरूकाे चयन भएकाे हाे । सदस्यहरूमा पुष्पराज पाैडेल,साेविता श्रेष्ठ, तिर्थनारायण महर्जन, रश्मिला मल्ल, गाेविन्द सुवेदी, कमल प्रजापति र राजेन्द्र जाेशी सर्वसम्मत चयन भएका हुन् ।
अधिवेशन सँगै मञ्चको १६ औँ साधारणसभा, स्थापना दिवस समेत समापन गरिएकाे छ । धारणसभाकाे उद्घाटन सत्रमा बाेल्दै अध्यक्ष प्रेमलाल महर्जनले मुलुकभर अहिले सम्म १६ प्रतिशत नागरिकलाई मात्र खोप उपलव्ध भएको बताए । वितरण भएका खोपमा समेत कालोबजारी भएकाे भन्दै उनले सरकारको ध्यानाकर्षण हुन नसकेको बताए ।भारतमा ३० रूपैयाँमा पाइने चिनी नेपालीले १ सय रूपैयाँ तिर्नु पर्ने बाध्यता हटाउन महर्जनले सरकारसँग माग समेत गरे ।
कोरोनाकालमा महँगी चुलिँदा अघिल्लो सरकारले पनि बेवास्ता गरेको र वर्तमान सरकारले समेत चासो नदिएको उनकाे भनाई छ । कार्यक्रमका प्रमूख आतिथि पूर्व सचिव भरतबहादुर थापाले बजारमा दूध किन्दा सेतो झोलमात्र पाउने गरेको भन्दै जताततै दोकानमा विष बिक्री भइरहेको बताउनुभयो । कार्यक्रममा रत्न पाण्डे,प्रकाश विष्ट, राजेन्द्रमान जोशी लगायत मञ्चका केन्द्र,प्रदेश,र जिल्लाका सदस्यहरु साथै पत्रकार तथा अन्यको उपस्थिती रहेको थियो ।
FACEBOOK COMMENTS