काठमाडौं । सरकारले स्यानीटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी फैलाइएको हल्लाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
स्यानीटरी प्याड आयातमा आ.व. २०६९÷७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको तर नबढाएको जनाएको छ ।
वर्तमान सरकारले महशुल बढाएको भन्ने हल्ला तथ्यहीन भएको मन्त्रालयको भनाई छ । बरु स्यानीटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महशुल आधा घटाएर ५ प्रतिशत मात्र कायम गरिएको जनाएको छ ।
स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पु¥याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको हो । यसरी ऐनमा स्पष्टसँग लेखिएको कुराको तथ्यपरक अध्ययन नगरी वा जानी जानी गलत र भ्रामक हल्ला नफैलाउन आग्रह गरेको छ ।
FACEBOOK COMMENTS