काठमाडौं । इजरायली सेनाद्वारा झण्डै चार प्यालेस्टेनी मारिएका छन् । वेस्ट बैंकको अधिनमा रहेको क्षेत्रमा आइतबार इजरायली सेनाले छापा मार्दा करिब चार प्यालेस्टेनी मारिएका हुन् ।
प्यालेस्टेनको स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहम्मद ह्लिेलका अनुसार इजरायली सेनाद्वारा बिद्दु गाउँका तीन र बुर्कीन गाउँका एक सर्वसाधारणसहित चार जना मारिएका छन् ।
मारिएका सर्वसाधारणको शव यतिबेला इजरायली आर्मीको हिरासतमा राखिएको उनले बताएका छन् । सो क्षेत्रमा दोहोरो भीडन्त भएको अलजजिराले जनाएको छ । दोहोरो भीडन्तमा परी इजरायली सैनिक घाइते भएका छन् ।
इजरायली सेनाले हमास समूहका कैयौं व्यक्तिलाई पक्राउ गरेको समेत अलजजिरामा समाचार छ ।
FACEBOOK COMMENTS