असोज १५ , काठमाडौँ,। कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउन जिन सिक्वेन्सिङ परीक्षण नेपालमै सुरु भएको छ । यसअघि कोरोना भाइरसको म्युटेसन पत्ता लगाउन नमुना विदेश पठाउने गरिन्थ्यो ।
अब नेपालमै कोरोना भाइरसका विभिन्न म्युटेसन पत्ता लगाउन सकिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले जानकारी दिईन् । जिन सिक्वेन्सिङ परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा सुरु भइसकेको छ ।
अहिलेसम्म त्रिभुवन विश्वविद्यालयको केन्द्रीय बायोटेक्नोलोजी विभागमा १६ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा २६ नयाँ नमुना जम्मा गरी ४२ वटा नमुनाको जिन सिक्वेन्सिङ गरिएको छ ।
डा. झाका अनुसार कोरोना भाइरसको म्युटेसन पत्ता लगाउँने जिन सिक्वेन्सिङ कोरोना लगायतका भाइरसको जेनेटिक बनावटलाई डिकोट गर्ने एक परीक्षण भएको बताईन् ।
FACEBOOK COMMENTS