काठमाडौं । आइएमएस स्मार्टले दशैं र तिहारको अवसरमा सामसुङ फेस्टिभ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकले आईएमएस एसमार्टबाट सामसुङ स्मार्टफोन खरिद गर्दा ५० प्रतिशत मूल्य बराबरसम्मको गिफ्ट भाउचर जित्न सक्नेछन् ।
जसमा आईएमएस एसमार्ट–सामसुङको आधिकारिक शोरुममा लाइभ लक्की ड्रमार्फत् ९ जना भाग्यशाली विजेता बन्नेछन् ।
आईएमएस एसमार्ट शोरुम काठमाडौंको कमलादी, दरबारमार्ग, खिचापोखरी, न्यूरोड, बौद्ध, ललितपुरको जावलखेलका साथै पोखरा, बुटवल र धनगढी गरी ९ स्थानमा रहेको छ ।
ग्राहकले आईएमएस एसमार्ट सामसुङको शोरुमबाट सामसुङको स्मार्टफोन खरिद गर्दा उक्त मूल्य बराबरको गिफ्ट भाउचर जित्न सक्नेछन् ।
आईएमएस एसमार्टले ग्राहकलाई ईएमआई सुविधा पनि उपलब्ध गराउनेछ । प्रत्येक ग्राहकले सामान खरिद गर्दा १५ हजार रुपैयाँभन्दा बढीको सुविधा पाउन सक्नेछन् ।
ग्राहकले लक्ष्मी बैंकबाट ३० प्रतिशत र अन्य सबै बैंकबाट ० प्रतिशत डाउन पेमेन्टमा किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन् । उनीहरुले३ महिना, ६ महिना, ९ महिना, १२ महिना र १८ महिना अवधिको किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन् ।
माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट, सिटिजन्स इन्टरनेसनल, मेगा, सानिमा, ग्लोबल आइएमई, एनएमबि, सनराइज, नबिल, एनआइसी एशिया र लक्ष्मी, बैंक अफ काठमाडाैं र उपास्ना बहुउद्देशियका ग्राहकले आईएमएस एसमार्टबाट सामसङ्गकाे फाेन किस्ताबन्दीमा किन्न पाउनेछन् ।
FACEBOOK COMMENTS