काठमाडौं-विश्वकप चलिरहेको बेला विश्व विजेता बन्न सक्ने टोलीबारे अनेक अड्कलबाजीहरु भईरहेका छन्।
विश्लेषकहरुले विभिन्न कोणहरुबाट त्यसको विश्लेषण गर्दै विजेताबारेका आँकडा बाहिर ल्याईरहेका छन्।
आफुले मन पराएका टिम र खेलाडीहरुको पनि खुलेर चर्चा भईरहेको छ।
नेपालमा विशेषगरी अजिन्टीना, ब्राजिल र जर्मनीका समर्थक धेरै छन् । सामाजिक संजाल पुरै विश्वकपमय भएको छ ।
धेरै मानिस आफ्नो कार्यतालीका परिवर्तन गर्दै विश्वकप हेर्ने समय मिलाउने गरेका छन् ।
१९६६ मा पहिलो पटक विश्वकप भन्ने सुनेका नेपाल उद्योगवाणीज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ १९८६ को वर्डकपको बारेमा धेरै याद छ ।
उनले त्यसबेलामा चर्चामा रहेका अजिन्टीनी खेलाडी म्यारोडोनाका फ्यान थिए । उनलाई म्यारोडोना असाध्यै मन पर्ने खेलाडि थिए ।
त्यस्तै उनी प्रचुगलका खेलाडी ईयुपियो लाई मन पराउँथे । इयुपियोले कोरियालाई ५ गोल गरेको सम्झन्छन् । उनलाई फुटवल खेलाडि मध्ये इयुपियो राम्रो खेलाडि लाग्थो ।
अहिले उनी ब्राजिलका समर्थक हुन् । उनी जहाँ भएपनि कहिल्लै फाईनल खेल हेर्न छुटाएनन् । उनी २०१० मा ओमनको एक होटेलमा ठुलो पर्दामा खेल हेरेका थिए । यो विश्वकपको पनि उनी जहाँ भएपनि आफ्ना साथी संग रमाईलो गदै फाईनल खेल हेर्ने ठुलो इच्छा रहेको बताएका छन् ।
त्यस्तै अर्का व्यवसायी जय प्रसाद शिवाकोटीले पनि पहिलो पटक १९८६ मा वर्डकप हेरेको याद छ । उनको पहिलो अनुभव रोचक छ । उनीले पहिलो पटक विश्वकप हेरेको स्मरण गर्दै भने म सानो थिए तर बुझ्ने भैसकेको थिए ।
विश्वकप शुरु भएपछि गाँउ भरिका मान्छे जम्मा हुने व्यल्क एण्ड ह्वईट टेलिभिजनलाई रंगिनमा हेर्नको लागि काँचको बाहिर रातो कपडा राखेर सबै वरिपरि बसेर हेथ्यौं । त्यो बेला भारतिय टेलिभिजन च्यानल बाट टिभी हेर्न गर्थे ।
जय प्रसादलाई १९८६ देखी नै अर्जिन्टीना सबै भन्दा बढी मन पर्ने टिम हो र उनलाई मन पर्ने खेलाडी मारोडना भएको बताएका छन् ।
अहिलेका खेलाडीमा उनलाई मेस्सी सबै भन्दा मन पर्ने खेलाडि हुन् ।
FACEBOOK COMMENTS