![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं-नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङसी शिवम सिमेन्टले केही दिनभित्रै नेपाल गुणस्तर चिन्ह पाउने भएको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले उत्पादित सिमेन्टको सबै परीक्षण पूरा गरेर प्रतिवेदन तयार गरिसकेको जनाएको छ।
उद्योग एक महिना अघिदेखि संचालनमा आएको हो।तर पूर्ण क्षमतामा भने चलेको छैन।
उद्योगबाट पहिलो चरणमा दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुनेछ। पूर्ण क्षमता १२ हजार टन हो। उत्पादनको नाम ‘होङसी’ हुने छ।
दुई सय बिघा क्षेत्रफलमा फैलिएको होङशी शिवम सिमेन्ट उद्योगमा ३६ अर्ब ७५ करोड रुपैयाँ लगानी छ।
उद्योगबाट ओपिसी सिमेन्ट नौलाख २० हजार टन र पिपिसी सिमेन्ट १३ लाख ८० हजार टन उत्पादन हुनेछ। उद्योगमा एक हजार ५० जनाले रोजगारी पाउनेछन्।
FACEBOOK COMMENTS