कार्तिक १ काठमाडौं । चीनको अर्थतन्त्रले अनुमान भन्दा कमजोर प्रदर्शन गरेपछि एसियाका मुख्य सेयर बजार प्रभावित भएका छन । यसअघि तेस्रो त्रैमासमा चीनको अर्थतन्त्र ५.३% ले बढ्ने अनुमान भएपनि सोमबार अर्थतन्त्र ४.९% ले मात्र बढेको तथ्यांक सार्वजनिक भएपछि एसियाका मुख्य सेयर बजारहरु प्रभावित भएका हुन् । सांभाई कम्पोजिट ०.१२% ले घटेको छ भने हङकङको हाङसेङ सूचक ०.४%ले घटेको छ । जापानको निक्केमा पनि ०.१५% को गिरावट आएको छ ।
नेपाली शेयर बजार नेप्सेमा सोमबार ६९.५१ अंकको गिरावट सहित नेप्से परिसूचक २५८७.४५ बिन्दुमा अडेको छ। दसैँ बिदा पछि खुलेको दोस्रो दिनको सोमबार बजार खुल्नासाथ गिरावट देखिएको थियो।
आज कारोबार भएका १८६ कम्पनी मध्ये १८२ वटामा गिरावट आएको छ भने मात्र ४ वटामा सकारात्मक बृदी देखिएको छ। आजको कारोबारमा सबै उपसूचकहरू नकारात्मक देखिएका छन्। आजको नेप्सेमा २ अर्ब ९६ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
बैंकहरुले ब्याजदर बढाउन अस्वस्थ प्रतिस्पर्धा गरेपछि त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको हो । कतिपयले अघिल्लो महिनाभन्दा ब्याजदर सस्तो पनि बनाएका छन् । तर यही ब्याजदरको बाहनामा बजारमा ठूलै गिरावट देखिन्छ ।
अहिलेको अबस्थामा बजारमा लगानी गर्नेहरु सकारात्मक हुन जरुरी छ । अन्यथा सेयर बजार अघि बढ्न सक्दैन । एक व्यक्तिले १२ करोड रुपैयाँभन्दा बढी सेयर धितो कर्जा लिन नपाइने नीतिका कारण यो अवस्था आएको लगानीकर्ताहरुको बुझाई रहेको छ ।
अहिले लाभांश घोषणा गर्ने समय चलिरहेको छ । सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । कतिपय बुक क्लोज मिति र साधारण सभा पनि बोलाएका छन् । लगानीकर्ताले केही समय धैर्य गर्न सक्ने आकर्षक लाभांश हात पार्न सक्नेछन् । यस्तै, सूचीकृत कम्पनीहरुको प्रथम त्रैमासको वित्तीय विवरण पनि सार्वजनिक हुने बेला भएको छ ।
FACEBOOK COMMENTS