काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २७ औं वार्षिकोत्सवको अवसरमा मुख्य शाखा, लाजिम्पाटमा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरेको छ । रगतको बढ्दो माग आपूर्तिका निम्ति हाम्रा अधिकांश कर्मचारीहरुका साथै ग्राहकवर्गहरुसंग सक्रिय भई रक्तदान कार्यक्रममा सहभागिता जनाएका थिए ।
उक्त कार्यक्रममा धेरै ग्राहक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । रगतको बढ्दो मागलाई पुरा गर्ने उद्देश्यले बैंकका ५० भन्दा बढी कर्मचारीहरु तथा ग्राहकहरुले रक्तदान गरेका थिए । त्यसैैगरी १०० भन्दा कर्मचारीहरु तथा ग्राहकहरुले निःशुुल्क जाँच शिविरबाट वरिष्ठ चिकित्सकहरुबाट पोस्ट कोभिडको बारेमा आवश्यक परामर्श लिएका छन् ।
यसै कार्यक्रमको शिलशिलामा बैंकमा २५ वर्षभन्दा बढी सेवारत कर्मचारीहरुलाई सम्मान गरेको छ । यसैगरी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिकासंग शंखमूल स्थित घाटमा विद्युतीय शव दाह उपकरण उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो सम्झौता पत्र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका बीच साटासाट् गरिएको थियो । यसै अवसरमा बैंकले वानेश्वर स्थित शाखाका एकजना पुराना ग्राहकलाई अभिनन्दन पनि गरेको थियो ।
यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेको बैंकले जनाएको छ । देशैभरि१०५ शाखा, १३८ एटिएम् सहितको नेटवर्कबाट अत्याधुनिक मोबाईल र इन्टरनेट र एसएमएस् बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिंदै आइरहेको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS