काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको जलविरेमा दुईवटा बस ठोक्किएका छन् ।
सवारी दुर्घटना हुँदा आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रशासन कार्यालयले शनिबार राति १० बजेदेखि सडक खण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। आज बिहानैबाट खुलेको थियो । दुर्घटना भएपछि पुन बाटो बन्द भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
सडकमा सवारीको चाप बढ्न सक्ने भन्दै डिभिजनले चालकहरूलाई हतार नगर्न, सीमित गतिमा सवारी चलाउन र अनिवार्य रूपमा लेन अनुशासन पालन गर्न अनुरोध गरेको छ।