काठमाडाैँ । नेपालका स्टील उत्पादन क्षेत्रमा अग्रणी अम्बे स्टील्स र जय अम्बे स्टील्स लाई नेपालमै पहिलोपटक ISO 22301 प्रमाणपत्र प्राप्त भएको छ । यो खालको मान्यता पाउने कम्पनी पहिलो हो । यो मान्यताले कम्पनीको ब्यापार र ब्यवस्थापन उत्कृष्ट रहेको दर्शाउन महत्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ । आइएसओ चिन्ह प्राप्तले संस्थाहरूलाई कुनै पनि अवरोधको समयमा प्रभावकारी रूपमा प्रतिक्रिया दिन र सञ्चालनलाई निरन्तरता दिन सक्षम बनाउन भूमिका खेल्ने कमम्पनीको दाबी छ ।
यो प्रमाणपत्र प्राप्त गरी, अम्बे स्टील्स र जय अम्बे स्टील्सले आफ्ना ग्राहक र सरोकारवालाहरूलाई स्थायित्व, विश्वसनीयता, र उच्च मापदण्ड सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको कम्पनीको भनाई छ । “यो प्रमाणपत्रले हाम्रो व्यवसायिक स्थायित्व र ग्राहकप्रतिको निरन्तर सेवाको सुनिश्चितताप्रतिको प्रतिबद्धतालाई झल्काउँछ। द्दद्दघण्ज्ञ प्रमाणपत्र प्राप्त गर्दै, अम्बे स्टील्स र जय अम्बे स्टील्सले नेपालमा नयाँ मापदण्ड स्थापना गरेका छन्,” शिवाज न्यौपाने, अम्बे स्टील्स र जय अम्बे स्टील्सका निर्देशकले भने ।।
FACEBOOK COMMENTS