काठमाडौं । अपि पावर कम्पनीलाई बोनस सेयर वितरण गर्न विद्युत नियमन आयोगले स्वीकृति दिएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि पनि ०.३९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई आयोगले स्वीकृति दिएको हो ।
कम्पनीको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त बोनस सेयर र नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । आयोगको स्वीकृतिपछि अब कम्पनीको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
FACEBOOK COMMENTS