काठमाडाैं । अपि पावर कम्पनीको साधारणसभा आइतबार सम्पन्न भएको छ।
गौशालाको होटल क्रिष्टल पशुपतिमा बसेको साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत छलफल गर्दै पारित गरेको छ।
वार्षिक प्रतिवेदनको छलफल गर्दा अपि पावर कम्पनीको संस्थापक अध्यक्षदेखि अहिलेका प्राविधिक विश्लेषण हेर्दै लगानी गरिरहेका शेयरधनीले भाग लिएका थिए। सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाहलगायतका वित्तीय विवरणहरूलाई शेयरधनीहरूसामु छलफल गर्दै पारित गरेको हो।
सभाले विशेष प्रस्तावको रूपमा कम्पनीको आर्थिक वर्ष २०८०/८१ सम्मको जगेडा कोष तथा शेयर प्रिमियमबाट प्राप्त मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
साथै यस अगाडि घोषणा भएको ९.५१३५ प्रतिशतबाट बाँकी रहेको ४.२५०३ प्रतिशतले हुने रकम कम्पनीको जगेडा कोष कायम रहने पनि कम्पनीका अध्यक्ष सिर्जना खड्काले सभालाई जानकारी गराएकी थिइन।
यसबाहेक सभाले लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण पनि गरेको छ।
सभामा अपि पावरले सहायक कम्पनी अपि इन्फ्रा लिमिटेड कम्पनीमा १०० प्रतिशत शेयर स्वामित्व रहने गरी लगानी गर्ने प्रस्ताव अगाडि सारेको थियो। उक्त कम्पनीले ललितपुरको झम्सिखेलमा अवस्थित ४३ इकाइसहितको ९ तल्ले आवासीय भवन बनाउन कार्य अगाडि बढाइसकेको छ।
यसबाहेक अपि पावरको बहुमत शेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गर्ने न्वागाड साना जलविद्युत आयोजना ९९.७ मेगावाट निर्माण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।
त्यस्तै, अपि पावर कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशमा रहेको दार्चुला पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना ९२८.३ मेगावाट निर्माण गर्ने प्रस्ताव पनि सभाबाट अनुमोदन गराएको छ।
यसबाहेक अपिको बहुमत लगानी रहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड कम्पनीमा लगानी गरि माथिल्लो तादी खोला जलविद्युत आयोजना ९११ मेगावाटको निर्माण अन्तिम चरणमा रहेको र उक्त लगानी अनुमोदन गर्ने प्रस्ताव सभाले अनुमोदन गरिसकेको छ। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ।
त्यस्तै, कम्पनीले सर्वसाधारण शेयरधनीबाट ३ जना सञ्चालकमा मधुसुदन कोइराला, सञ्जीव न्यौपाने र द्वारिका न्यौपानेलाई नियुक्त गरेको छ भने महिला सञ्चालकमा सिर्जना खड्का नियुक्त भएकी छिन्।
कम्पनीले सभा प्रयोजनका लागि कार्तिक २ गते एक दिनका लागि शेयरको दर्ता किताब बन्द गरेको थियो, अर्थात् कार्तिक १ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्नेछन्।
FACEBOOK COMMENTS