काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली रङ्गशालाको अनुगमन गरेका छन् ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेको कर्णाली प्रदेश रंगशालाको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदको मिति चाडै तोक्ने योजना भएको बताए ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्रचन्दले मन्त्री पोखरेललाई रंगशालामाको हालको अबस्था बारे जानकारी गराएका थिए ।
निरीक्षणको क्रममा मन्त्री पोखरेलले कर्णालीको खेलकुदमा भौतिक संरचनाको कमि भएकाले सरकारले यसमा ध्यान दिने बताए ।


