काठमाडौं । प्रहरी जवानको परीक्षा दिने ६ जना नक्कली परीक्षार्थी काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ परेका छन् ।
प्रहरी जवान पदको लिखित परीक्षामा अन्य व्यक्तिको नाममा परीक्षा दिने ६ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरुमा दोलखाको जिरी नगरपालिका-९ घर भई हाल काठमाडौं बालाजु बस्ने २३ वर्षिय मोहन सुनुवार,कालिकोटको शुभकालिका गाउँपालिका- ७ घर भई हाल काठमाडौँको लैनचौर बस्ने २४ वर्षिय गोपाल शाही, सुर्खेतको बिरेन्द्रनगर नगरपालिका-५ घर भई हाल काठमाडौँको माछापोखरी बस्ने २२ वर्षिय मनोज शर्मा रहेका छन् ।
यस्तै दैलेखको भैरवी गाउँपालिका-५ घर भई हाल काठमाडौँको बानेश्वर बस्ने २२ वर्षिय आकाश खड्का, सुर्खेतको बिरेन्द्रनगर नगरपालिका- ११ घर भई हाल काठमाडौँको माछापोखरी बस्ने २० वर्षिय उमेश शर्मा र जुम्लाको तिला गाउँपालिका- २ घर भई हाल काठमाडौँको बालाजु बस्ने २२ वर्षिय मिन रावललाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट अर्काको फोटो टाँसेका प्रवेश पत्रहरु र नागरिकताको प्रतिलिपीहरु बरादम गरिएको छन् । ६ जनालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS