काठमाडौं । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने नौ विदेशी नागरिक पक्राउ परेका छन् ।
प्रहरी वृत्त लैनचौरबाट खटिइएको टोलीले काठमाडौं महानगरपालिका–२६ ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।
ठमेल क्षेत्रमा हिँड्ने पर्यटक तथा सर्वसाधारण पुरुषलाई बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दु:ख दिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जनाए ।