काठमाडौं । अर्थ मन्त्रालयले विभिन्न १४ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ ।
अर्थ मन्त्रालयअन्तर्गत वित्तीय व्यवस्थापन, प्रशासन, नीति विश्लेषण, भन्सार, कर तथा अन्य क्षेत्रका महाशाखा र निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर भएको छ ।
अर्थमन्त्रालयका अनुसार थान प्रसाद पंज्ञानीलाई अर्थ मन्त्रालयको प्रशासन शाखाको जिम्मेवारी दिएको छ । सहसचिव महेश भट्टराईलाई भन्सार विभागको महानिर्देशकको जिम्मेवारी तोकिएको छ । सहसचिव शोभा कान्त पौडेललाई आर्थिक नीति विश्लेषण महाशाखाको जिम्मेवारी दिएको छ । सहसचिव महेश आचार्यलाई तालिम प्रमुख,सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र जिम्मेवारी दिएको छ ।
आन्तरिक राजस्व विभागको महानिर्देशकमा मदन दाहाललाई जिम्मेवारी दिएको छ । त्यस्तै सहसचिव तिर्थराज चिलुवाललाइ आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी तोकीएको छ ।
सेवन्तक पोखरेललाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको जिम्मेवारी तोकिएको छ । पार्वती अर्याललार्इ भन्सार परिक्षण प्रशासक भन्सार जाँचपास पछीको परीक्षण कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको छ ।
यस्तै महेश बराल त्रिभुवन विमानस्थलको भन्सारको जिम्मेवारीबाट वित्तीय संघीयता समन्वय महाशाखा पठाइएको छ । यमुना प्रधानलाइ सहमहालेखा नियन्त्रक, महालेखा नियन्त्रक कार्यालयमा सरूवा गरिएको छ ।
गोपी कृष्ण कोइरालालाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको जिम्मेवारी दिएको छ भने अमृत लम्साललाई भन्सार बिभागको उपमहानिर्देकको जिम्मेवारी दिएको छ । त्यस्तै श्याम प्रसाद भण्डारीलाइ अर्थ मन्त्रालय, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखामा सरूवा गरिएको छ । त्यस्तै श्रीचन्द्र साहलाइ आन्तरिक राजस्व विभाग पठाइएको छ।
FACEBOOK COMMENTS