काठमाडौं-नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत जवरजस्त ‘विग मर्जर’ नीति ल्याउने भएको छ। मौद्रिक नीतिमा समायाअवधि र संख्या तोकेरै मर्जर ल्याउनुपर्नेमा राष्ट्र बैंकका उच्च तहका कर्मचारी लगभग सहमत भैसकेका छन् । यसको अन्तिम अर्थमन्त्री डा.युवराज खतिवडासँग छलफलपछि दिने स्रोतको दावी छ ।
अर्थमन्त्री खतिवडाले सहमति जनाए वाणिज्य बैंकको संख्या आधा घटाउने गरि मौद्रिक नीतिमा मर्जर नीति समेटिने तयारीमा राष्ट्र बैंकका कर्मचारी छन् ।
राष्ट्र बैंक एक्लैको अडानबाट मात्रै बिग मर्जर नहुने भएपछि उसले अर्थमन्त्रालयको साथ खोजेको हो। पूँजी वृद्धिको कोर्ष पुरा भइसकेकाले संख्या घटाएर वित्तीय संस्था बलियो बनाउन विग मर्जरको प्रयासमा राष्ट्र बैंक लागेको हो।
अहिले २८ वटा बाणिज्य बैंक छन्। संख्या धेरै हुँदा नियमन र सुपरिवेक्षण गर्न कठिनाइ भोगिरहेको राष्ट्र बैंक वित्तीय क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा र विकृतिहरु रोक्नलाई विग मर्जर गर्न खोजिरहेको छ।
दुई बर्षमा चुक्ता पूँजी चार गुणाले बढाउने नीति लिँदा राष्ट्र बैंकले राजनीतिक तथा सरकारी विरोध सामना गर्नु परेको थियो। दुई बर्षको सीमा बढाउनलाई संसदीय समितिहरुबाट राष्ट्र बैंकलाई दवाव दिइएको थियो। ब्यापक विरोधका बाबजुत पनि राष्ट्र बैंकले चुक्ता पूँजी बृद्धि योजनालाई पूर्णता दिन सकेको थियो।
विग मर्जरका लागि सरोकारवाला निकायबाट पनि आवाज उठ्न थालेको छ। बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले एक सार्वजनिक कार्यक्रममा राष्ट्र बैंकले मर्जर नीति ल्याए त्यसलाई सघाउने बताएका थिए। ।
FACEBOOK COMMENTS