काठमाडौँ । दैलेख क्षेत्र नं. २ को (१) मा गठबन्धन दलका साझा उम्मेदवार नेपाली काँग्रेसका घनश्याम भण्डारी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
नेकपा (एमाले)का तिलकप्रसाद रिजाललाई एक हजार तीन सय पाँच मतले फरक पार्दै भण्डारीले १० हजार आठ सय मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रिजालले नौ हजार चार सय ९५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दुल्लुले जानकारी दिएको छ ।
त्यसै गरी, राप्रपाका यज्ञबहादुर थापाले चार सय ७८, हाम्रो नेपाली पार्टीका प्रेमबहादुर भण्डारीले चार सय ७२, नेमकिपाका मदन भण्डारीले तीन सय ३७, स्वतन्त्र उम्मेदवार पुरुषोत्तम रिजालले दुई सय ७० मत प्राप्त गरेका थिए । उक्त क्षेत्रको प्रदेशसभा (१) मा २२ हजार नौ सय ४२ मत खसेको निर्वाचन अधिकृतको कार्यालय दुल्लुले बताएको छ ।