काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी स्याप्रुबेसीसम्म आईपुगेको छ । त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) अर्को सूचना नआउदा सम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन बाढी पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
त्यसैगरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरणले भोटेकोशीमा पुन: लेदोसहितको पानीको बहाव बढेको जनाएको छ ।
प्राधीकरणले भोटेकोशी एवं त्रिशुली नदी किनारमा उद्धार तथा राहतमा खटिएका र विविध कारणले जोखिम क्षेत्रमा रहेका सबैलाई उच्च सर्तकता अपनाउन र जोखिम देखिएमा तुरुन्त सुरक्षित स्थानमा जान विशेष अनुरोध गरेको छ ।
बुधबार रसुवाको भोटेकोशीमा बाढी आएर ठूलो संख्यामा मानवीय क्षति भएको थियो । प्रहरीका अनुसार हालसम्म ४ सय ६९ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट र धादिङ तथा गोर्खामा क्षति पुर्याएको थियो ।
भोटेकोसीमाथि चीनमा बनेको ताल फुट्यो, सतर्कता अपनाउन आग्रह