काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महामहासंघले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नि:शुल्क बससेवा सञ्चालनमा ल्याएको छ।
महासंघले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा राहत सामग्री ढुवानीका लागि नि:शुल्क बससेवा उपलब्ध गराउन थालेको जनाएको छ।
उद्धारका लागि सवारीसाधन आवश्यक परेमा वा राहत सामग्री ओसारपसार गर्नुपर्ने अवस्थामा महामहासंघसँग समन्वय गर्न आग्रह गरिएको छ।
महासंघले आवश्यकताअनुसार बस तथा अन्य सवारीसाधनको व्यवस्थापनका लागि सुवन गिरी(९८५१०८१३८२), श्रेष्ठ(९८५१०९८५३६), दिलबहादुर श्रेष्ठ (९८५१०५०८७९) र नरबहादुर राना (९८४१७७५७५३) लाई सम्पर्क गर्न अनुरोध गरेको छ।
महासंघले विपद्का बेला यातायात क्षेत्रबाट आवश्यक सहयोग उपलब्ध गराउँदै प्रभावित नागरिकको उद्धार तथा राहत वितरणमा सहजीकरण गर्ने जनाएको छ।