काठमाडौं । वीर अस्पतालले लामो समयदेखि बेपत्ता कर्मचारीलाई काम गर्न आउन ताकेतासहित सूचना निकालेको छ । लामो समयदेखि विना जानकारी कार्यालयमा नआएपछि अस्पतालले १२ जनालाई ३० दिनभित्र हाजिर हुन आउन भनेको हो ।
वीरका अनुसार बिदा स्वीकृत नगराई विना जानकारी काममा नआउनेमा एक चिकित्सक, ९ जना स्टाफ नर्स र २ जना अनमी छन् । उनीहरूलाई बीचमा आफन्त तथा अन्य साथीभाइमार्फत सम्पर्क गर्न खोज्दासम्म कोही नआएपछि बाध्य भएर सूचना निकाल्नुपरेको अस्पताल प्रशासनले जनाएको छ ।
वीरद्वारा जारी सूचनामा अबको ३० दिनभित्र हाजिर हुन नआए चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० को कर्मचारी सेवाका सर्त तथा सुविधासम्बन्धी नियमावली र स्वास्थ्य सेवा ऐनअनुसार कारबाही गरिने उल्लेख छ ।
वीरका अनुसार लामो समयदेखि बेपत्ता कर्मचारीहरू
१.रजिष्ट्रार / ट्युटर डा. सृष्टी शाह

स्टाफ नर्सहरू
१. जमुना सिटौला

२.शान्ति लम्साल

३.ओमदेवी पुन
४.सुशीला ढकाल
५. सम्झना श्रेष्ठ
६. सकिला चौलागाईं
७.रेणुका अधिकारी
८. अन्जुकला राई
९.सरस्वती अर्याल
अनमी
१. अनिता बसेल
२.साहिदा सुब्बा