काठमाडौं । बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले बाढी र विपदबाट प्रभावित भएका नागरिकको राहत, उद्धार र पुन:स्थापनाका लागि सात करोड सहयोग गरेको छ ।
साइमेक्स इन्कर्पोरेटेड प्रालिका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठलगायतले सरकारलाई सात करोड रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष श्रेष्ठले बाढीबाट पछिल्लो समय नेपालले ठूलो क्षति बेहोर्नुपरेको र त्यसबाट निजी क्षेत्र पनि निकै प्रभावित भएको बताउँदै तर पनि सरकारको अभियानमा साथ दिन तयार भएको बताए ।
उनले बाढी पीडितको राहत र उद्धारमा कुनै कमी नहोस् भनेर सहयोग गरेको पनि बताए । यस बाढी पहिरोका कारण बीवाईडीले आयात गरेका कैयौँ गाडीमा समेत क्षति पुगेको छ ।