काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन्।
चापागाईंले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसमक्ष व्यक्तिगत कारण देखाउँदै राजीनामा पत्र बुझाएका हुन्। मन्त्रालय स्रोतका अनुसार उनको राजीनामा प्रक्रियागत रूपमा अघि बढाइएको छ।
उनी २०८१ चैत १९ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार नेप्सेको सीईओ पदमा नियुक्त भएका थिए। तर, नियुक्त पाएको १४ महिनामै उनले पद छोडेका छन् ।