काठमाडौं । सीजी मोटर्स प्रालिले हिरो ब्राण्डका मोटरसाइकल र स्कुटर खरिदमा दशैं-तिहार अफर ल्याएको छ।
कम्पनीले हिरो ब्राण्डका मोटरसाइकल तथा स्कुटर किन्दा एक्कासि मालामाल अफर सार्वजनिक गरेको हो । हिरोले आफ्ना जुनसुकै मोडलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्र्याच कार्डद्वारा नगद ५ लाख रूपैयाँसम्मको स्योरसट क्यास जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटाभीईभी कार’ जित्ने अफर पनि ल्याएको छ । कम्पनीले ‘दशैं-तिहार २०८१ को वहार, २ चक्के किन्दा ४ चक्के उपहार’ योजना ल्याएको छ ।
सोही अफरमा हिरोका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ८ हजारदेखि ५ लाख रूपैयाँसम्मको स्योरसट नगद छुट पाइनेछ । मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हिरोले आर्जन गरेको विश्वास र उत्कृष्टताका लागि सबैमाझ परिचित छ । सीजी मोटर्सले हिरो मोटोकर्पसँग मिलेर केही समय अघिमात्रै नेपालमा आक्रामक व्यापार योजना घोषणा गरेको थियो ।

यसका साथै नवलपरासीको सीजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्न सक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटनसमेत गरिसकेको छ । हिरोका मोटरसाइकल तथा स्कुटर अहिले नेपाली भूमिमै एसेम्बल भइरहेका छन् ।

नेपालमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल ब्राण्डमध्येको एक हिरोले नयाँ बेन्चमार्कहरूसमेत कायम गर्दै आएको छ । सीजी मोटर्सले हाल नेपालका विभिन्न स्थानमा ५० भन्दा बढी हिरो शोरूमको नेटवर्क सञ्चालन गरिरहेको छ । साथै निकट भविष्यमा थप शोरूम खोल्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । बढ्दो ग्राहकको संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको छ ।

त्यस्तै कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा ५ वर्षे वारेन्टीको घोषणाले ग्राहकको थप विश्वास जित्नेछ । लोकप्रिय उत्पादन सुपर स्प्लेन्डर, स्पलेन्डर प्लस, एक्स पल्सका साथै नयाँ जुम ११० स्कुटर बीएससिक्स एसआई सीजी मोटर्सले नेपालमा भित्र्याएको छ। साथै सो उत्पादनमा युनिक फिचरसमेत रहेको कम्पनीले जनाएको छ।