काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चैत मसान्तसम्म बैंकले १ अर्ब ३० करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.८२ प्रतिशतले धेरै हो । गत आवको सोही अवधमिा बैंकले ९६ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
चैत मसान्तसम्म बैंकको सञ्चालन नाफा बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको नाफा बढेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १.४८ प्रतिशत घटेर ४ अर्ब ६७ करोड ८८ लाख रहेको छ । बैंकको सञ्चालन नाफा ३८.६१ प्रतिशत बढेर १ अर्ब ८५ करोड ९२ लाख रहेको छ । यस्तै इम्पेरमेन्ट चार्ज २ अर्ब १६ करोड ४० लाख बाट घटेर १ अर्ब ४८ करोड ६४ लाखरहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ २३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ९९ पैसा छ । बैंकको वितरणयोग्य नाफा ५० करोड ४४ लाख रुपैयाँ ऋणात्मक छ ।
१५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ६८ करोड २३ लाख रुपैयाँ छ । २ खर्ब १३ अर्ब ४६ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ६९ अर्ब ३९ करोड १२ लाख कर्जा लगानी गरेको छ।
