काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा आफैँ समय तोकेर मौनधारण गरेकोमा सभामुख डीपी अर्यालले आपत्ति जनाएका छन् ।
कांग्रेसको यो कामबाट सदनको अपमान भएको सभामुख अर्यालले बताए ।
कांग्रेसले शहीदप्रति पाँच मिनेट मौनधारण गरेको थियो । सभामुख अर्यालले आगामी दिनमा यस विषयमा ध्यानाकृष्ट गर्न चाहेको पनि बताए ।
‘हलबाट आफ्नै विवेकले सभा सञ्चालन गर्नेगरी आफ्नै विवेक प्रयोग गर्नुभयो ।
आफैँले समय तोकेरे जुन किसिमको प्रयास गर्नुभयो यो सभामाथि अपमान भएको देखिन्छ ।

आगामी दिनमा यस विषयमा ध्यानाकृष्ट गर्न चाहन्छु,’ सभामुख अर्यालले भने ।
