काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अञ्जु नाछिरिङ्ग राईसहित दुईजनाका विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदाफा (१) र (२) बमोजिम ४५ हजार रुपैयाँ बिगो र कैदको माग दाबी गरिएको छ ।