क्रेष्ट माइक्रो लाइफ इन्स्याेरेन्सकाे आइपीओ बाँडफाँट, एक लाख ८४ हजार बढी लगानीकर्ताले पाए शेयर
कर्पोरट खबर
1:44 pm, मंगलबार, चैत ५, २०८१
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्याेरेन्सको आइपीओ आज मंगलबार (चैत ५ गते) बाँडफाँट भएको छ। गोलाप्रथामार्फत १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार यो आइपीओमा १९ लाख ६५ हजार ८११ जनाले आवेदन दिएकामा १० हजार १२६ जनाको आवेदन रद्द भएको थियो।
रितपूर्वक आवेदन दिएका १९ लाख ५५ हजार ६८५ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो। कम्पनीले फागुन २२ देखि २६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।
FACEBOOK COMMENTS