![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
पोखरा । पोखरामा लिफ्टबाट खसेर एक इन्जिनियरको मृत्यु भएको छ । मंगलबार दिउँसो १ बजे पोखरा महानगरपालिका–६ खरेचोकमा चिनिमाया भण्डारीको निर्माणाधीन घरको पाँचौं तलाको लिफ्टबाट खस्दा ३७ वर्षका प्रवीण भट्टराईको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा रत्नचोकका भट्टराई न्यूरोडस्थित मुक्ति इनर्जी प्रालिमा कार्यरत थिए । निर्माणाधीन घरमा तातो पानी आउने प्रणाली हेर्न जाँदा उनी लिफ्टबाट खसेका हुन् ।
गम्भीर घाइते भएङ्का उनलाई तत्कालै गण्डकी मेडिकल कलेजमा लगिएको थियो । उनको उपचारका क्रममा साढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
FACEBOOK COMMENTS