काठमाडौं । लेखक साहित्यकार डा. डीआर उपाध्यायको नवीन कविताकृति ‘अन्तस्करण’ एक कार्यक्रमबिच लोकार्पित भएको छ ।
आइतबार काठमाडौंमा साहित्यिक पत्रकार संघ र मिलाप मासिकको संयुक्त आयोजनामा भएको कार्यक्रममा उक्त कविताकृति विमोचन गरियो ।
कार्यक्रममा वक्ताहरूले उपाध्यायको कविताकृति समकालीन नेपाली समाजको भावनात्मक दस्तावेज भएको उल्लेख गरे । तिनले कवि डा. उपाध्यायले कविताकृति मार्फत समयको बेचैनी, मानवीय सम्बन्धको जटिलता, सामाजिक यथार्थ, प्रेम, संघर्ष, आशा, आत्मसंवाद तथा जीवनका सूक्ष्म अनुभूतिहरूलाई कलात्मक रूपमा अभिव्यक्त गरेको बताए ।
प्रमुख अतिथि सांसद राजीव खत्रीले डा. उपाध्याय नेपाली साहित्य, संगीत र सिर्जनात्मक क्षेत्रका अथक साधक भएको बताए ।
उक्त अवसरमा कविहरू सुमन थापा संगम र शोभा अधिकारीले सार्वजनिक कृतिभित्रबाट एक–एक कविता वाचन गरे ।

कवि डा. उपाध्यायले साहित्य आत्माको आवाज भएको उल्लेख गर्दै ‘अन्तस्करण’ आफ्ना अनुभूति, संघर्ष र भोगाइको अभिव्यक्ति भएको बताए ।
