काठमाडौं । दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच कम्पनीको प्राथमिक शेयर जारी तथा विक्री प्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता अन्तर्गत मुक्तिनाथ क्यापिटलले दूधपोखरी चेपे हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कार्य गर्नेछ ।
एक कार्यक्रमका बिच दूधपोखरी चेपे हाइड्रोपावरका तर्फबाट अध्यक्ष सबिन प्रधानाङ्गले र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडले गोरखा र लमजुङ जिल्लाको सिमानामा पर्ने ऐतिहासिक चेपे खोलामा ११ मेगावाट क्षमताको आयोजना निर्माण कार्य भईरहेको छ ।
कम्पनीले २०७४ कात्र्तिकमा ऊर्जा विकास विभागबाट विद्युत् उत्पादन सर्वेक्षण अनुमति प्राप्त गरी, २०७५ मंसिरमा नेपाल विद्युत् प्राधिकरणसँग ग्रिड कनेक्शन सम्झौता र २०७५ पुषमा विद्युत् खरिद सम्झौता सम्पन्न गरी कम्पनीले आयोजनालाई योजनाबद्ध रूपमा अघि बढाइरहेको छ ।
हाल सम्म आयोजनाको ७८% कार्य सकेको र बाँकी कार्य २०८२ चैत्र महिनाको अन्त्य सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ । अनुभवी जलविद्युत् तथा वित्तीय क्षेत्रका विज्ञहरूको सहभागितामा कम्पनीको सञ्चालक समितिले परियोजना समयमै सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
कम्पनीले आयोजना निर्माणको कार्य अन्ति म चरणमा रहेकाले आफ्नो जारी पूँजीको २०प्रतिशतले हुन आउने अर्थात् २०करोड २० लाख रकम बराबरको एकसय अङ्कित दरमा २०करोड २०लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागिएकोे हो ।
यस सम्झौताले आयोजना तथा लगानीकर्ताबीचको सम्बन्ध सुदृढ गर्दै पूँजी बजारमा जलविद्युत् क्षेत्रको लगानी विस्तारमा सहयोग पुग्ने विश्वास कम्पनीका अध्यक्षले उक्त कार्यक्रममा व्यक्त गर्नुभएको छ ।
FACEBOOK COMMENTS