काठमाडौं । सरकारले २५ आवश्यक सेवामा हडताल गर्न निषेध गरेको छ ।
आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी २५ आवश्यक सेवामा हडताल गर्न निषेध गरिएको सोमबार गृह मन्त्रालयद्वारा नेपाल राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।



