काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टलले बिर्तामोडमा क्रेटा ईभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
कम्पनीका अनुसार नयाँ क्रेटा ईभी (इलेक्ट्रिक गाडी) को सुरुवातले ग्राहकहरूलाई विद्युतीय गाडी लिने वा नलिने भन्ने दुविधाबाट बाहिर ल्याउन ठूलो सहयोग गरेको छ ।
धेरै मानिसलाई ईभी लिँदा स्पेयर पार्ट्स पाइन्छ कि पाइँदैन, सेवा शुल्क कति महँगो हुने र लामो समयसम्म ब्रान्डको सपोर्ट रहन्छ कि रहँदैन भन्ने चिन्ता हुन्छ। तर हुन्डाईले नेपालमा क्रेटा आइसको निर्माण सुरु गरिसकेको र यसको पेट्रोल गाडी र ईभी दुवै मोडलमा एउटै प्लेटफर्मको प्रयोग भएकोले अब यस्तो चिन्ता गर्नु नगर्ने कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार हुन्डाईका ग्राहकहरुले ईभी होस् वा पेट्रोल गाडी, सेवा, पार्ट्स र सपोर्ट समान रुपमा पाउने छन् । यही सन्देश देशभर फैलाउन हुन्डाईको उच्च व्यवस्थापन टोली देशभरका डिलरहरूमा आफैँ पुगिरहेको छ।
यसै अभियानअन्तर्गत कम्पनीले बिहीबार बिर्तामोडको अलायन्स मोटर्स ( हुन्डाईको आधिकारिक डिलर( मा विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
यस कार्यक्रममा हुन्डाईका नयाँ गाडीहरू, विशेष गरी क्रेटा ईभी सार्वजनिक गरिएको छ। यसका साथै त्यहाँ उपस्थित व्यक्तिहरुले हुन्डाईको टिम सँग प्रत्यक्ष कुराकानी गर्दै गाडीसम्बन्धी जानकारी र आवश्यक सहयोग प्राप्त गरेका छन्।
FACEBOOK COMMENTS