काठमाडौं । नेपाली युवामाझ लोकप्रिय एक्स्ट्रिम इनर्जी ड्रिंक्सले विश्वकप फुटबल प्रतियोगिता २०२६ को अवसर पारेर “स्क्यान मा सुन” नामक उपहार योजना सार्वजनिक गरेको छ ।
फुटबलका लाखौं समर्थकलाई लक्षित गर्दै कम्पनीले यो अभियान बजारमा ल्याएको हो । यस योजनामा सहभागी हुन ग्राहकले एक्स्ट्रिम इनर्जी ड्रिंक्सको क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण भर्नुपर्नेछ ।

विवरण भरेपछि उनीहरू स्वत: गोलाप्रथामा सहभागी हुनेछन् । कम्पनीका अनुसार अभियानमार्फत गोलाप्रथाबाट छानिएका ३ जना भाग्यशाली विजेताले १–१ वटा सुनको बल पुरस्कार स्वरूप प्राप्त गर्नेछन् । यो योजना जेष्ठ १ गतेदेखि विश्वकप फुटबल २०२६ को खेल अवधिभर सञ्चालन हुनेछ ।
विश्वकपको विश्वव्यापी उत्साहलाई नेपाली बजार र यहाँका ग्राहकसँग जोड्दै उनीहरूलाई थप उत्साहित बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ । ‘स्क्यान मा सुन’ अभियानले फुटबल प्रेमी युवाहरूमा मनोरञ्जन, सहभागिता र पुरस्कारको उत्साह एकसाथ प्रदान गर्ने कम्पनीको विश्वास छ ।

विगतमा पनि युवा लक्षित विभिन्न नवीनतम अभियान सञ्चालन गर्दै आएको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले यस अभियानले बजारमा थप उत्साह सिर्जना गर्ने अपेक्षा गरेको छ । अभियानसम्बन्धी थप जानकारी एक्स्ट्रिम इनर्जी ड्रिंक्सको आधिकारिक सामाजिक सञ्जालबाट प्राप्त गर्न सकिनेछ ।
