पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमा) क्षेत्रभित्र बनेका संरचना हटाउन डोजर चलाउन थालेको छ । वर्षौंदेखि विवादमा रहेको फिर्केखोला क्षेत्रको संरचना हटाउएर महानगरले आजबाट डोजर चलाउन थालेको हो ।
लगििपोखरा महानगरका मेयर धनराज आचार्य र सम्बन्धित वडाध्यक्षको नेतृत्वमा बिहान १० बजेदेखि फिर्के खोलाका तीन ठाउँबाट एकै पटक डोजर चलाइएको हो । पहिलो चरणमा जिरो किमी र सिर्जना चोकको बीचमा फिर्के खोलामाथिका संरचनामा डोजर लगाइएको छ । अर्को डोजरले वडा नम्बर २ र १८ को सीमाना अँधेरी कुनादेखि संरचना भत्काउन सुरु गरी वडा वडा नम्बर ४ तर्फ आउने जनाइएको छ ।
लगििअर्को डोजरले वडा नम्बर ४ र ५ को सीमाना फिर्केपुल बूढानीलकण्ठ मन्दिरदेखि भत्काउन सुरु गरी वडा नम्बर ५ र ८ तर्फ आउने छ । २०८० साल असारमा गरिएको फिर्के खोला नापजाँच प्रतिवेदनअनुसार खोलाघरमा निर्माण भएका सबै प्रकृतिका संरचनाहरु हटाउन लागिएको हो । प्रतिवेदनअनुसार खोला घरभित्र १६० वटा संरचना पर्छन् ।
फेवातालमा मिसिने फिर्केखो खोलाघर मिचेर बस्ती बस्न थालेपछि घरका फोहोर पानी र बजारको ढलका कारण फेवाताल प्रदूषणको चपेटामा परेको छ। फेवातालमा मिसिने फिर्केखोलामा जथाभावी फोहार फ्याँकिदा ताल प्रदूषणको चपेटामा पर्दै गएको हो ।