काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभामा देखिएको अवरोधको मुख्य कारण प्रधानमन्त्रीको अभिव्यक्ति भएको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदनको कारबाही अघि बढ्न नसक्ने बताए।
उनले भने, ‘देशको स्वाधीनता सबैभन्दा महत्त्वपूर्ण विषय भएकाले त्यससँग सम्बन्धित विषय सम्बोधन नगरी अन्य एजेन्डामा जान सकिँदैन।
प्रधानमन्त्रीको त्यो अभिव्यक्ति रेकर्डबाट नहटाउँदासम्म संसद्को कारबाही अगाडि बढ्न सक्दैन। देश पहिला हो, देशको स्वाधीनता प्रमुख कुरा हो।’
उनले प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीले दिएको वक्तव्यमा सहमत नभएको बताए।
