काठमाडौं । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गणेशराज पोखरेल पुन: नियुक्त भएका छन् ।
बैंकको सञ्चालक समितिले पोखरेललाई ४ वर्षे कार्यकालका लागि पुन : नियुक्त दिएको हो । बैंकका सीईओ राजनसिंह भण्डारीको कार्यकाल समाप्त भएपछि २०७५ सालमा पोखरेल सीईओ बनेका थिए । पोखरेलको कार्यकाल चैत १८ गते सकिन लागेको थियो ।
बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित पोखरेलले त्रिभुवनविश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानूनमा स्नातक तथा काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।
FACEBOOK COMMENTS