काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजार मंगलबार कारोबारमा बढेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको दोस्रो कारोबारमा ६.११ अंकले बढेको हो । यसअघिका चार कारोबारमा नेप्से ८१ अंकले घटेको थियो ।
योसँगै बजार मापक २५७६.२९ विन्दुमा उक्लिएको छ । १६४ कम्पनीको सेयर मूल्य बढेको छ ।
१०१ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।
बजारसँगै कारोबार रकम पनि बढेको छ । आठ अर्ब ४१ करोड ७५ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर ५३ हजार ८५४ पटकमा खरिद–बिक्री भएको हो ।
कामना सेवा विकास बैंक डिबेन्चर, सांग्रिला बैंक डिबेन्चर, उपकार लघुवित्त, एनआईबीएल स्टेबल फन्ड, ज्योति विकास बैंक बन्ड उच्च कमाउने शीर्ष स्थानमा रहेका कम्पनी हुन् ।
समूहगत सूचकतर्फ उत्पादन तथा प्रशोधन ०.१८ प्रतिशतले घटेको छ । बाँकी समूह बढेका छन् । सबैभन्दा धेरै व्यापार समूह १.४७ प्रतिशतले बढेको छ ।