काठमाडौं । साताको चौथो कारोबार दिन नेप्से परिसूचक बढेको छ। बिहीबार नेप्से परिसूचक ४.६६ अंकले बढेर २५४२.७७ बिन्दुमा पुगेको छ।
नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ०.३१ अंक, फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंकले बढेको छ।
परिसूचकसँगै कारोबार रकममा पनि बढेको छ। बुधबार २ अर्ब ९३ करोड ६५ लाख ६० बराबरको सेयर खरिदबिक्री भएकोमा आज कारोबार रकम बढेर ३ अर्ब ४६ करोड ५२ लाख १ हजार रुपैयाँ पुगेको छ।
कुल ३४६ स्टकको ४० हजार ६९२ पटकको कारोबारमा १ करोड २१ लाख ६३ हजार ७ सय ६३ कित्ता सेयर खरिदबिक्री भएका छन्। विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सर्वाधिक ८.७६ प्रतिशतले बढेको छ।
कारोबारमा आएका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक सामान्य अंकले घटेको छ भने बाँकी ९ उपसमूह बढेको छ। ब्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशत बढेको छ।